हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८३, बुधवार

हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताउनुभएको छ ।

मंगलबार बिश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टू को किर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता हुनुभएका निर्मल पूर्जा लगायतका दश नेपाली आरोहीलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छे अनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले माउन्ट के टू को सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताउनुभयो । अवार्डसहित सम्मान गर्ने व्यवस्था गर्ने उहाँको भनाई छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले साहसिक युवाहरुको साहसिक कदमको आगामी दिनमा राज्य बेखबर नहुने बताउनुभयो । वर्तमान सँगै पछिल्लो पुस्तालाई संरक्षण गर्नमा राज्यको ध्यान जाने उहाँको भनाई छ ।

माउन्ट के टू का आरोही निर्मल पूर्जाले सबै एकताबद्ध भई हिमाल आरोहण गर्दा केही गर्न सकिने रहेछ भन्ने सन्देश दिएको बताउनुभयो । माउन्ट के टू आरोहण गरी नेपालको नाम विश्वसामु राखेको उहाँको भनाई छ ।

दशजनाको समूहको नेपाली आरोहीले माघ ३ गते माउन्ट के टू हिमालको सफल आरोहण गरेको थियो । आरोही टोली मंगलबार नेपाल फर्किएको हो ।

Leave a Reply

ताजा समाचार