नेकपा दाहाल–नेपाल पक्षले आज उपत्यकामा विरोध सभा गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेकपा दाहाल–नेपाल पक्षले आज उपत्यकामा विरोध सभा गर्ने

काठमाडाैं, ९ माघ । नेकपा दाहाल–नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रबार काठमाडौँमा गर्ने विरोध सभा गर्दैछ ।

पार्टीको स्थायी कमिटी सदस्यसहितका नेताहरुको नेतृत्वमा माइतिघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,शान्तिबाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने बताइएको छ ।

उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुश रत्नपार्कमा जम्मा भई मुख्य जुलुशमा परिणत हुने छ । भनाई छ । मुख्य जुलुश पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने छ ।

विरोधसभामा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);