कोरोना महामारीका कारण बन्द रहेका देशभरका शैक्षिक संस्थाहरु खुल्न थाले | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

कोरोना महामारीका कारण बन्द रहेका देशभरका शैक्षिक संस्थाहरु खुल्न थाले

काठमाडौँ, ७ माघ । कोरोना महामारीका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका देशभरका शैक्षिक संस्थाहरु धमाधम खुल्न थालेका छन् । यसअघि उपत्यकाका ललितपुर र भक्तपुरमा मात्र खुलेका शैक्षिक संस्था काठमाडौंमा समेत खुल्न थालेका छन् ।

तर शैक्षिक संस्था खुलेपनि अभिभावक र विद्यार्थीहरु भने कोरोना जोखिमका कारण चिन्तित देखिएका छन् ।बन्द रहेका शैक्षिक संस्थाहरु धमाधम खुल्न थालेका छन् । लामो समयदेखि बन्द अवस्थामा रहेका विद्यालय तथा क्याम्पसमा भौतिक उपस्थितिमै संचालन गर्नेगरी खुलेको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै कक्षा संचालन गर्ने भनिएपनि विद्यार्थी अभिभावक भने चिन्तित रहेका छन् ।

कोरोना भाइरसको नयाँ स्वरुप नेपालमा समेत देखिएकाले समेत चिन्ता बढेको हो । विद्यार्थीहरुले सामाजिक दुरी कायम गर्न सम्भव नहुने भएकाले पनि संक्रमणको जोखिम रहेको जनस्वास्थ्य विद्को भनाई छ । सोहीकारण पनि विद्यार्थीहरुलाई निमोनिया विरुद्धको खोप लगाएर मात्र बिद्यालय पठाउनुपर्ने डा. रमेश आचार्यको बताउनुहुन्छ ।

लामो समय देखि शैक्षिकसंस्था बन्द हुँदा बिद्यार्थीको पढाईमा बाधा आएको र वैकल्पिक रुपमा चलाइएको अनलाइन कक्षा प्रभावकारी नभएको गुनासो आउन गरेको छ । विद्यार्थीको पढाइमा अवरोध आइरहेकाले पनि अब शैक्षिक संस्था संचालनमा रोक लगाउन नमिल्ने एनप्याबसनका महासचिव सुवास न्यौपानेको भनाई छ ।पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या घट्दै गैरहेको थियो ।

तर कोरोनाको नयाँ स्वरुप नेपाल भित्रिएसँगै भने संक्रमण जोखिम ह्वात्तै बढेको छ । यहीबीच विद्यार्थीको भौतिक उपस्थितीमै पढाइ हुनेगरी बिद्यालय खुले पनि स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्रयाई गरे कोरोना महामारीको अवस्था भयावह हुन सक्ने जनस्वास्थ्यविद्हरुले चेतावनी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);