बेलायत र अफ्रिकी मुलुकमा देखिएको कोरोना भइरसको नयाँ संस्करण नेपालमा पनि देखियाे | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

बेलायत र अफ्रिकी मुलुकमा देखिएको कोरोना भइरसको नयाँ संस्करण नेपालमा पनि देखियाे

काठमाडाैं, ५ माघ । बेलायत र अफ्रिकी मुलुकहरूमा देखिएको कोरोना भइरसको नयाँ संस्करण नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयलद्वारा सोमबार जारी विज्ञप्ति अनुसार बेलायतबाट फर्किएका नागरिकका ६ वटा नमुनामध्ये तीनजनामा नयाँ भाइरसको संक्रमण पुष्टि भएको हो ।

नयाँ भाइरस संक्रमण हुने तीनैजना बेलायतबाट नेपाल फर्किएका नागरिक हुन् । संक्रमित हुनेमा २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुष छन् । हाल २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा संक्रमण नेगेटिभ देखिएको छ भने ६७ वर्षीय पुरुष भने पोजेटिभ नै रहे पनि कुनै पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।

उनीहरुको नमुना पुष २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा पठाइएकोमा माघ ५ गते रिपोर्ट आएको थियो ।नमुना परीक्षणपछि इमेलमार्फत राष्ट्रिय जनस्वास्थ्य कार्यालयलाई पठाएको नतिजामा तीनजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भाइरस फैलनबाट बच्नका सामाजिक दूरी कायम गर्ने, मास्कको प्रयोग गर्ने र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।

Leave a Reply