काठमाडौं, ३ माघ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नु भएपछि मुलुकमा अस्थिरता आएको हो । पार्टी भित्रको विवाद व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्रीले गर्नै नहुने महागल्ती गर्नु भएको नेकपा नेता योगेश भटृराई बताउनु हुन्छ ।
पूर्व पर्यटन मन्त्री समेत रहनु भएका भटृराईका अनुसार प्रचण्ड,माधव वा झलनाथले जति गल्लीहरु गर्नु भएको छ नि त्यो भन्दा लाखौं गुणा बढी महागल्ती केपी ओलीले गर्नु भएको छ । यसले मुलुकमा राजनीतिक अस्थिरता मात्र ल्याएको छैन, संविधान धरापमा परेको छ । यदि प्रतिनिधि सभा पुनस्र्थापना नहुने हो भने, मुलुक ठूलो भड्खालोमा जान्छ । अबको राजनीति केपी शर्मा ओलीको हातमा छैन । उहाँले चाहँदैमा केही हुने वाला पनि छैन ।
न्यायाधीशहरुले स्वविवेक पु¥याएर निर्णय गर्नु भयो भने मुलुक बच्ने हो । मलाई केपी ओलीले मन्त्री बनाएको हो र ? मलाई ताप्लेजुङबाट ओलीले जिताएको हो र ? मलाई जिताएको हो भने बर्दियामा बामदेव गौतम किन हारेको नि ? मैलै कहिल्यै क्याम्प फेरेको छैन । अहिलेको राजनीतिक संकटको निकास संसदबाटै खोजिनुपर्छ । दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले गरेको राजनीतिबाट केपी ओलीले सिक्नुपर्छ ।
ओलीले इतिहासमै पाएको ठूलो अवसरलाई सदुपयोग गर्न सक्नु भएन । ओलीले गरेको गल्तीको असर नेपाली जनताले लाखौं लाख वर्षसम्म खेप्नु पर्नेछ । नेपाली जनताले बिर्सन सक्दैनन ।