सार्वजनिक यातायातमा यात्रुको कन्तबिजोग, नियामक निकाय भने मुकदर्शक | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

काठमाडौँ, १९ असोज । लामो तथा छोटो दुरीमा चल्ने सवारीसाधनले यात्रुलाई निकै सास्ती दिएको पाइएको छ। यात्राका क्रममा यात्रुले टिकट कोटे पनि सजिलै गन्तब्यमा पुग्न कठिन हुने गरेको छ। विशेषः चाडवाडका बेला सहज रुपमा यात्रुले यात्रा गर्न नपाएको गुनासो गर्दै आएका छन्।

दशैंको समयमा धेरै यात्रा विभिन्न नाकाबाट राजधानी बाहिरिने गरेका छन् । यात्रुले टिकट काटे पनि टिकटमा उल्लेख गरिको सिटमा बस्न नपाउँद वादविवाद हुने गरेको देखिएको छ। सार्वजनिक सवारी साधानमा यात्रुले हैरानी खेप्नुपर्दा समेत नियामक निकाय मुकदर्शक भएर बसेको छ।

यात्रमा क्रममा यात्रुले पाएको दुःखको बारेमा न त कतै अनुगमन हुने गरेको छ न त कसैलाई कारबाही नै भएको देखिएको छ। सरकार सिट क्षमताभन्दा बढी यात्रा गराउनेलाई जरिवानाको व्यवस्था गरे पनि कार्यान्वयन भने खासै भएको देखिँदैन। आजको नेपाल समाचारपत्रमा खबर छ।

ताजा समाचार