प्रविधिको जमाना : गोठमा गोरु, बारीमा ट्रयाक्टर | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

काठमाडौँ, १९ असोज । घरको अगाड अगाडी आउला भनेर सोचेको नै थिईन, घरघरमै गाडी आउन थाले। गाडीको मात्र होईन ट्रयाक्टरले बारी जोतौँला भन्ने त सोचेकै थिएनन्, अर्घाखाँची धातिवाङ्गका कृषक रविलाल पौडेलले।

सोच नै नभएका पौडलेले २ बर्ष हुन लाग्यो ट्रयाक्टरले जोत्न लागेको। बुढो भईयो, गोठमा गोरु हुँदा पनि ट्रयाक्टरले जोत्न थालियो, बारी धुल्याउन खेताला लगाउन पनि परेन । श्रम र समयको पनि बचत भयो पौडेलले भने।

पौसा दिएर पनि समयमा खोतालमा पाईँदैनन्, पैसा भएर पनि भएन। जोत्ननलाई हली, बारी धुल्याउन पनि खेतालहरु नपाईने हुँदा दुई दिनको गोरीको मेलो दुई घण्टामै सक्यो, तीन हजार जति लाग्यो, पौडेलले भने, गोरु लिएर आउनेलाई पनि दिएको एक हजारसहित खाना, खाजा खुवाउनु पर्छ, त्यो झन्झटिलो भन्दा ट्रयाक्टरको प्रयोग नै सजिलो भयो। आजको कारोबार दैनिकमा खबर छ।

ताजा समाचार