विराटनगर, १८ असोज । मोरङमा बुधबार खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
मोरङको रङ्गेली नगरपालिका–२ स्थित बबियाविर्ता खोलामा डुबेर सोही ठाउँमा बस्ने राम साहको ३ वर्षीय छोरा हेमु साहको मृत्यु भएको हो ।
उद्वारपछि उनलाई अस्पताल लाने क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।