एमाले अर्घाखाँचीद्वारा प्रदेश र प्रतिनिधिसभा निर्वाचनकालागि उम्मेदवार सिफारिस | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमाले अर्घाखाँचीद्वारा प्रदेश र प्रतिनिधिसभा निर्वाचनकालागि उम्मेदवार सिफारिस

काठमाडौं, १८ असोज । नेकपा एमाले अर्घाखाँचीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारको सिफारिस गरेको छ ।

प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष चेतनारायण आचार्यको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

क्षेत्र न. २ बाट रामजी घिमिरे र कुल्दीप भुसालको नाम सिफारिस भएको एमाले जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यले बताए । प्रतिनिधिसभा निर्वाचनका लागि ७ जना उम्मेदवारको नाम सिफारिस गरेको आचार्यले बताए ।

सिफारिसमा पर्ने उम्मेदवारको नामावली:

१. डा. दुमन थापा

२. गोपाल खनाल

३. डिल्लीराज खनाल

४. भोजबहादुर शाह

५. मुक्तिराम पाण्डे

६. सालिकराम आचार्य

७. विष्णु पन्थी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);