नेपालमा २ सय ५९जना कोरोनाका नयाँ संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

नेपालमा २ सय ५९जना कोरोनाका नयाँ संक्रमित

काठमाडौँ, २६ पुष। आईतबार नेपालमा २ सय ५९जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार ३ हजार ३ सय ९९ पीसीआर परीक्षणहुँदा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो।

योसगँै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ । आईतबार संक्रमित भएकामध्ये काठमाडौँका ९९, ललितपुरका १८ र भक्तपुरका ९ जना रहेका छन् । त्यसैगरी नेपालमा कोरानाबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय १७ पुगेको छ । त्यसैगरी हालसम्म कूल संक्रमितमध्ये २ लाख ५८ हजार ४ सय ४१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले देशैभर गरेर ४ हजार ६ सय ८१ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टिनमा रहनेको संख्या २ सय ६२ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);