कृषि मन्त्रीविरुद्ध अनर्गल प्रचारबाजी | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

कृषि मन्त्रीविरुद्ध अनर्गल प्रचारबाजी

स्याङजा, २६ पुष। कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्याल अहिले अगुवा पार्टी कार्यकर्ता भेलाको क्रममा स्याङजा जिल्ला दौडाहमा सक्रिय हुनुहुन्छ । नेकपा भित्रको विवादपछि नेकपाका दुई खेमाले शक्ति प्रदर्शन गरिरहेका बेला नेकपा स्याङजा जिल्ला इन्चार्ज समेत रहनु भएका मन्त्री अर्याल पनि पार्टीको शक्ति प्रदर्शनकै सिलसिलमा जिल्ला दौडाहमा लाग्नु भएको हो ।

पुस २९ गतेसम्मको पांच दिने कार्यक्रम अन्तर्गत शनिबार स्याङ्जाको फेदीखोला र वालिङको छुटृाछुटृै कार्यक्रममा उहाँले सम्बोधन गर्नु भयो । आइतबार पनि विभिन्न कार्यक्रममा सहभागी हुनु भयो । मन्त्री अर्याल जिल्ला जानु हुँदा युवा संघका कार्यकर्ताले मोटरसाइकल ¥यालीसहित स्कर्टिङ गरेका थिए । त्यसक्रममा मन्त्री अर्यालले जनताको घरदैलो समेत गर्नु भयो ।

फेदीखोलाको कार्यक्रम सकेर वालिङ जाने बेला मन्त्री विरुद्ध नेपाली कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । जिल्लामा मन्त्री आउने कार्यक्रम थाहा पाएपछि कांग्रेस कार्यकर्ताले पनि समय जुध्ने गरी सडकमै कोण सभा कार्यक्रम राखी सडक अवरुद्ध गरेका थिए । सडकमै कोण सभा गरेपछि जिल्ला सुरक्षा अधिकारीको सुझावमा वैकल्पिक बाटो प्रयोग गरी मन्त्री कार्यक्रम स्थल पुग्नु भएको थियो ।

यो विषयलाई सामाजिक संजालमार्फत कतिपयले मन्त्री भागे भनी गरिएको अनर्गल प्रचारवाजीप्रति मन्त्री अर्यालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । मन्त्रीका अनुसार त्यहाँ कुनै झडप वा विवाद भएकै छैन । बैकल्पिक बाटो प्रयोग गरी कार्यक्रम स्थल पुगिएको मात्र हो ।

तर सस्तो लोकप्रियताको लागि अनर्गल प्रचार भएको छ । अनर्गल प्रचार गर्नु निन्दनीय काम भएको मन्त्री अर्यालले बताउनु भयो । पार्टीको काम र स्थानीय जनताको गुनासो लिने काम सकेर पुस २९ गते काठमाडौं फर्कने कार्यक्रम रहेको मन्त्री अर्यालले जानकारी दिनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);