धनकुटा, पुष २४। धनकुटाको सहिदभुमि गाँउपालिकाको जनप्रतिनिधिहरु चिसो मौसममा गाउपालिका भित्र रहेका जेष्ठनागरिक , अतिविपन्न तथा पूर्णअपाङ्घता भएका व्यक्तिहरुलाई चिसोबाट सुरक्षित राख्नका लागि घर घरमा पुगेर ओढने व्याल्ङकेट वितरण गरिरहेको छ ।
वडा बाट सिफारिस भएर आएका सम्पूर्ण ८२ वर्ष देखि माथिका जेष्ठ नागरिक ,७० वर्ष उमेर पुराभएका दलित जेष्ठ नागरिक ,अतिविपन्न घरपरिवार र पूर्णरुपमा अपाङ्घ रहेका सबैलाई जाडो बाट बचाउन ओढ्ने व्ल्याङकेट वितर भइरहेको हो ।जाडोको समयमा जनप्रतिनिधिहरु घरमै ओढ्ने व्ल्याङकेट ल्याइदिदा खुसि गाँउपालिको वृद्ध वृद्धाहरु खुसि भएकाछन् ।
चिसो मौसममा चिसो बाट सुरक्षित राख्नका लागि व्याल्ङकेट सहित स्वास्थय परिक्षण गरि गाँउपालिकामा नेपाल सरकार बाट उपलब्ध हुने औषधि निशुल्क वितरण गरिरहेको गाँउपालिका अध्यक्ष मनोज राईले बताउनु भयो ।आ.व. २०७७ ।०७८ को यस कार्यक्रमका लागि प्रत्येक बाट प्राप्त विवरण अनुसार वडा नं १ मा ८० जना , वडा नं २ मा ७३ जना , वडा नं ३ मा ४५ जना , वडा नं ४ मा ६६ जना ,वडा नं ५ मा ५४ , वडा नं ६ मा ५७ र वडा नं ७ मा ३६ गरी जम्मा ४ सय ११ जना रहेकाछन् ।
उपाध्यक्ष रत्नश्वरी राई , प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, सातवटै वडाका वडा अध्यक्षहरु , वडासदस्य तथा कर्मचारी र स्वास्थ्यकर्मीको टोलीले घरघरमा पुगेर ओढ्ने व्ल्याङकेट वितरण गरिरहेको छ । यो वितरण कार्यक्रम पौष मसान्त सम्म सकिन्ने प्रमुख प्रसासकिय अधिकृत शाक्यले बताउनु भयो ।




