शम्भू माली, कपिलबस्तु, २४ पुष । कपिलबस्तुको सीमा नाकामा स्वागत गेट निर गाईको गोठ छ। सानो टिनको छाना भएको गोठमा शाश्स्त्र प्रहरीको बिट छ । सो बिटमा एउटा खाट आटाउदैन, । शौचालय र खाने पानीको ब्यवस्था छैन ।
मर्यादपुर नाकामा बि ओ पी बस्नुपर्ने थियो। तर बस्ने ठाँउ नभएर सिमा नाका भन्दा ८ कि मी टाढा डगरीमा बस्नु परेको छ । ८ कि मी टाढाबाट सीमाको सुरक्षा निगरानी समभंव छैन । यसरी गोठमा शाश्स्त्र प्रहरी अनि सीमा सुरक्षा निगरानी कसरी भन्ने कुरामा स्थनीयले प्रश्न उठाएका छन् । यस तर्फ सरकारको ध्यान जान जरुरी रहेको स्थानियले जनाए ।
गएको ९ महिना देखी भारतमा कोरोना संक्रमितको संख्या निकै बढ्न थालेपछि कपिलवस्तुको सीमानाकामा सुरक्षा गस्ती बढाइयो , २४ सै घण्टा नेपालको सीमा नाकामा सुरक्षागस्ती जारी गरी सीमा नाका पूर्ण रुपमा बन्द गरियो । नेपाल र छिमेकी मुलुक भारतले कोरोनाको कारण देखाउदै कपिलवस्तुको सीमानाकामा शाश्स्त्रको सुरक्षा गस्ती बढाएका छन् । । सीमाबाट लुकी छिपी आवतजावत हुने स–साना बाटोमा समेत नेपालका सशस्त्र प्रहरी र जनपद प्रहरीे गस्ती गरिरहेका छन् ।
कपिलवस्तुको भारतीय सीमानाकामा सुरक्षा गस्ती बढाइएको छ । भारतमा कोरोना भाइरसको संक्रमण संगै सीमाबाट लुकी छिपी आवतजावत समेत रोक्न सुरक्षा गस्ती र निगरानी बढाइएको हो । खुल्ला सीमाका कारण सर्वसाधारण लुकी छिपी आवतजावत गर्ने गरेकाले हुँदा दुवै पक्षबाट उच्च सतर्कता अपनाइएको हो ।
सीसी क्यामराबाट निगरानी
मर्यादपुर सीमा नाकामा अपराधिक गतिबिधि हुन नदिनकालागी सीमा नाकामा ५ वटा सिसि क्यामरा सशस्त्र प्रहरीले जडान गरेको छ । सीमा नाकामा दिन दिनै बिभिन्न किसिमको हत्या, मनव ओसार पसार बेच बिखन, लागु औषध ओसार पसारमा नियन्त्रण गर्नकालागी सीसी क्यामरा जडान भएको हो योपछि हरेक अपराधिक गतिबिधिमा कमी आएको कपिलबस्तुको शाश्स्त्र गण २८ नम्बरका ईन्चार्ज एस पि धुब्र कार्कीले जनाएका छन ।