एजेन्सी, २४ पुष । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युवा विंगर अमद डियालोलाई अनुबन्धित गरेको छ । युनाईटेडले इटालियन क्लब एटलान्टाबाट १८ वर्षीय विंगर डियालोलाई अनुबन्ध गरेको हो ।
आइभरी कोस्टका विंगरसँग युनाईटेडले साढे चार वर्षको सम्झौता गरेको छ । सम्झौतासँगै डियालो सन् २०२५ को जुनसम्म युनाईटेडमा रहने छन् । यस्तै डियालोलाई युनाईटेडले थप एक वर्ष सम्झौता थपको विकल्प समेत दिएको छ ।
डियालोले एटलान्टाको सिनियर टिमबाट ५ खेल खेलिसकेका छन् । उनले एक गोल समेत गरेका छन् । गत वर्ष सिनियर टिममा डेब्यु गरेका उनी उमेर समूहको टिमका मुख्य खेलाडी हुन् ।