दाङमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

दाङमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु

दाङ, २२ पुष । दाङमा एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु भएको छ । घोराही १० नारायणपुरमा रा १ झ १०२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कुटरलाई मंगलवार दिउँसो करिब २ बजे ठक्कर दिदाँ स्कुटर चालक घोराही उपमहानगरपालिका १० नारायणपुरका ६८ वर्षीय टोपेन्द्र पोख्रेलको मृत्यु भएको ह जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

एम्बुलेन्सको ठक्करबाट गम्भिर घाइते भएका पोख्रेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा दिउँसो साढे २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

लमहीबाट तुलसीपुर जाँदै गरेको एम्बुलेन्सले पोख्रेललाई घर नजिकै सडकमा ठक्कर दिएको थियो । साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);