जर्जिया राज्यका दुई सिनेट सिटका लागि भएको मतदान सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

जर्जिया राज्यका दुई सिनेट सिटका लागि भएको मतदान सम्पन्न

एजेन्सी,२२ पुष। जर्जिया राज्यका दुई सिनेट सिटका लागि भएको मतदान सम्पन्न भएको छ ।अमेरिकी माथिल्लो सदनको शक्ति सन्तुलनका लागि महत्वपूर्ण रहेको यस क्षेत्रमा गत नोभेम्बर ३ मा भएको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढि मत प्राप्त नगरेकाले मंगलबार रनअफ चुनावमा मतदान भएको हो ।

मतदान सम्पन्न भएसँगै प्रारम्भीक नतिजा आउने क्रम सुरु भएको छ । माथिल्लो सदन सिनेटमा अहिले रिपब्लिकन पार्टीका ५० तथा डेमोक्र्याटिक पार्टीका ४८ सदस्य छन् । जर्जियाका दुई सिट जित्न सके राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई काम गर्न सहज हुनेछ ।

जर्जियाको एक मात्र सिटमा पराजित भएमा डेमोक्र्याटका लागि कठीन हुनेछ, तर एक सिट मात्रै जितेमा सिनेटमा रिपब्लिकनको नियन्त्रण कायम हुनेछ । मतदानको पूर्व सन्ध्यामा राष्ट्रपतिमा निर्वाचित बाइडेन तथा राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियामा चुनावी सभा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);