अमेरिकाको माथिल्लो सदन सिनेटको २ स्थानका लागि जर्जियामा मतदान हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

अमेरिकाको माथिल्लो सदन सिनेटको २ स्थानका लागि जर्जियामा मतदान हुँदै

एजेन्सी, २१ पुष। अमेरिकाको माथिल्लो सदन सिनेट कस्को नियन्त्रणमा रहने भन्ने फैसला गर्न जर्जियाका मतदाताले मतदान गरिरहेका छन् ।गत नोभेम्बरमा गरिएको निर्वाचनमा सीनेटमा निर्वाचित हुन आवश्यक पचास प्रतिशत मत कटाउन नसकेपछि जर्जियामा दोहोर्याएर मतदान गरिएको हो ।

जनवरी २० बाट अमेरिकाको नेतृत्व सम्हाल्न लाग्नुभएका डेमोक्र्याट्स नेता जो बाइडनका लागि अमेरिकी संसदको दुबै सदनमा आफूनुकूल बनाउन जर्जियाको दुई सीटअत्यन्तै महत्वपूर्ण छ । यसैगरी रिपब्लिकनका लागि पनि सीनेटमा नियन्त्रण कायम गर्न उक्त २ सिट आवश्यक छ ।

अमेरिकी संसदको तल्लो सदनमा डेमोक्र्याट्सहरुले लगातार बहुमत राख्न सफल भएका छन् । माथिल्लो सदनमा भने डेमोक्र्याट्ससंग दुई सीट कम भएको छ । जुन जर्जियाको मतदानबाट पुरा हुने डेमोक्र्याट्सहरुको विश्वास छ । सन् २०१४ देखि सीनेटमा नियन्त्रण कायम गरेको रिपब्लिकनसँग हाल ५० सीट रहेको छ भने डेमोक्र्याटससँग ४८ सीट रहेको छ ।

यो दुई सीट हात पार्न सके डेमोक्र्याटसँग पनि रिपब्लिकनको बराबर ५० सीट हुनेछ । सीनेट सभाको अध्यक्षता गर्ने जिम्मेवारी उपराष्ट्रपतिको भएकाले निर्णायक मताधिकार हुने उपराष्ट्रपति डेमोक्र्याट्ससँग भएको फाइदा जो बाइडनलाई हुनेछ । त्यसैले पनि यो दुई सीटको महत्व बढेको हो ।

जर्जियामा डेमोक्र्याटस्का तर्फबाट राफल वार्नक र जोन ओसोफ मैदानमा हुनुहुन्छ भने रिपब्लिकनका तर्फबाट वहालवाला सिनेटर डेभिड परडु र केली लोफर आफ्नो सीट जोगाउने कसरतमा हुनुहुन्छ ।

Leave a Reply