नविकरणीय उर्जाको प्रयोग र प्रवर्धनलाई प्राथमिकतामा राख्न सरोकारवालाको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नविकरणीय उर्जाको प्रयोग र प्रवर्धनलाई प्राथमिकतामा राख्न सरोकारवालाको सुझाव

काठमाडौं, २० पुष । नविकरणीय उर्जाको प्रयोग र प्रवर्धनमा स्थानीय सरकारलाई पहिलो प्राथमिकता दिएर राष्ट्रिय नीति बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । नेपाल बायोग्यास प्रवर्धन संघको रजत वर्षको अवसरमा सोमबार आयोजित कार्यक्रममा सरोकारवालाहरुले नविकरणीय उर्जा कार्यान्वयनका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताएका हुन् ।

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले नविकरणीय उर्जाको कार्यान्वयनका लागि स्थानीय तहलाई उपयुक्त नीति निर्माण गर्न केन्द्रीय सरकारबाट सहयोग हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर कृष्णप्रसाद ओलीले २ लाख स्थानीय र ५ सय ठूला व्यवसायीक बायोग्यास स्थापना गर्ने लक्ष्य अगाडि सारेको उल्लेख गर्नुभयो ।

नेपालका करिब ४ लाख ५० हजारको हाराहारीमा घरेलु बायोग्यास प्लाण्टहरु जडान भइसकेको संघको तथ्याङ्क छ । जसबाट घरमा बायोग्यास चुलो बल्ने मात्र नभई कार्वन व्यापारबाट झण्डै १ खर्ब बढी राजश्व आर्जन गर्न सफल भएको पनि संघले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);