डिल्लीबहादुर चन्दलाई तत्काल रिहाइ गर्न कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

डिल्लीबहादुर चन्दलाई तत्काल रिहाइ गर्न कांग्रेसको माग

bishwo prakash sharma

काठमाडौं, १६ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना पार्टी सदस्य डिल्लीबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको भन्दै विरोध गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै डिल्लीबहादुर चन्दको पक्राउको विरोध गर्नुभएको हो ।

प्रहरीले चन्दलाई नेपालगञ्जबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । उहाँलाई तत्काल रिहाइ गर्नुपर्ने कांग्रेसको माग छ । उहाँको लेखाइले गाली बेइज्जती गरेको स्थिति आएमा त्यस्तो घटनामा कारबाही गर्न मुलुकी अपराध संहितामा अलग्गै व्यवस्था रहेको कांग्रेसको भनाइ छ ।

चन्दमाथि नेकपा नेता महेश बस्नेत र पूर्वआइजिपी सर्वेन्द्र खनाललाई सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोप लगाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);