रौतहट, १६ पुष । जनता समाजवादी पार्टीका नेता बबन सिंह नेकपामा प्रवेश गरेका छन । बिहीबार रौतहटको गरुडामा नेकपाले आयोजना गरेको कार्यक्रममा सिह नेकपामा प्रवेश गरेका हुन् ।
उनलाइ नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष तथा मन्त्री भएको प्रभु साह , सचिव तथा राष्ट्रीय सभा सदस्य सुमन प्याकुरेल लगाएत नेताहरुले स्वागत गरेका छन् ।
२०६४ को सबिधान सभामा स्वतन्त्रबाट बिजयी बबन सिह पछिल्लो समय मधेशवादी पाटीमा आवद्द थिए । रौतहटको राजदेवी घर भएका नेता सिंह नेकपामा प्रवेश भएपछि थप चर्चामा छन् ।




