प्रतिनिधि सभा विघटन भए जस्तै अब पालो प्रदेश सरकार विघटनको हो ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

प्रतिनिधि सभा विघटन भए जस्तै अब पालो प्रदेश सरकार विघटनको हो ? (भिडियाेसहित)

काठमाडौं, १० पुष । प्रतिनिधि सभाको विघटन र नयाँ जनादेशको विषयलाई लिएर नेपालको राजनीति अहिले तातेको छ । सरकार नयाँ जनादेश मुलुकको लागि आवश्यक भनेर अघि बढेको छ भने नेकपा भित्रैबाट एउटा समूह र विपक्षी दलहरु प्रतिनिधि सभा विघटनको विपक्षमा उभिएका छन् ।

प्रतिनिधि सभा विघटनको असर प्रदेश सरकारमा नपरोस भनेर बहस सुरु भइसकेको छ । राजनीतिक दल भित्रको किचलोले सरकारले काम गर्नै नसक्ने अवस्था आएपछि नयाँ जनादेशमा जानुको विकल्प नभएको दावी सरकारले गर्दै आएको छ ।

सरकारको कदमपछिको विपक्षीहरुको आन्दोलनको घोषणाले अहिले मुलुक राजनीतिक संकटमा फस्दै गएको देखिन्छ । यसको निकास के हुन सक्ला ? अहिले आमनागरिक जान्न उत्सुक छन ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफे निकासको लागि निर्वाचनमा जानुको विकल्प नभएको र सडक आन्दोलनको कुनै तुक नभएको बताउनु हुन्छ ।

अन्तर्वार्ताको पूरा भिडियो हेर्नुहोस :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);