मुख्यमन्त्रीले प्रदेश सभा बिघटन गर्न सक्ने, यस्तो छ संवैधानिक व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

मुख्यमन्त्रीले प्रदेश सभा बिघटन गर्न सक्ने, यस्तो छ संवैधानिक व्यवस्था

काठमाडौं, १० पुष । केन्द्रमा झण्डै दुईतिहाईका हाराहारीमा रहेको नेकपा विभाजनको संघारमा पुगेपछि त्यसको बाछिटा प्रदेश सरकारमा पनि पर्ने भएको छ। मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा मुख्यमन्त्रीले तीस दिनभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको छ ।


तर नेपालको संविधानको धारा १६८को उपधारा ७ अनुसार मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभालाई विघटन गरी छ महीनाभित्र अर्को प्रदेश सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचन मिति तोक्नेछ।

त्यसैगरी संविधानको धारा ८८ को उपधारा २ मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल बिभाजन भएमा मुख्यमन्त्रीले तीस दिन भित्र विश्वासको मत लिनुपर्ने छ। हाल ६ वटा प्रदेशमा नेकपाको सरकार छ।

Leave a Reply