काठमाडौं, १७ असोज । दशैं अगाडि आकासिएको तरकारीको भाउ घट्न थालेको छ । काठमाडौंको मुख्य थोक बजार कालिमाटीमा मंगलबार धेरै तरकारीको भाउ घटेको छ ।
बरेला, बन्दा, काउली, मूला, भन्टा, करेला, घिरौंला लगायतका तरकारीको भाउ घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिका अनुसार, बरेलाको मूल्य प्रतिकिलो २७ रुपैयाँले सस्तिएको छ । समितिले थोक बजारमा प्रतिकिलो सानो गोलभेंडाको मूल्य २२, बन्दाको ४८, काउलीको ५५, मूलाको २२, भन्टाको ३६, घिउसिमीको ४८, करेलाको २८ र घिरौंलाको ३३ रुपैयाँ रहेको जनाएको छ ।




