प्रचण्ड-नेपाल पक्षले घोषणा गर्‍यो १५ दिने अभियान | ईमाउण्टेन समाचार

Our Network

साउन १६ २०८३, आइतबार

प्रचण्ड-नेपाल पक्षले घोषणा गर्‍यो १५ दिने अभियान

काठमाडौं, ९ पुष । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षले १५ दिने अभियान संचालन गर्ने निर्णय गरेको छ। सो पक्षको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । सो अभियानमा भेला बैठकदेखि प्रतिनिधिसभाको विघटनविरुद्धमा प्रदर्शन सम्म रहेका छन् ।

सो अनुसार १० पुसमा ९ः३० बजे सबै केन्द्रिय सदस्य, विघटित सासंदहरू लगयत माईतिघर मण्डलामा जम्मा भएर निर्बाचन आयोगमा जाने र दिउसो २ः०० बजे पत्रकार सम्मेलन गर्ने । त्यसैगरी एक साता भित्र प्रदेशहरुको बैठक गर्ने,१४ पुस भित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने , १२ पुसमा ७७ जिल्लाहरूको भेला बैठक गर्ने निर्णय गरेको छ।

त्यसैगरी १४ गते ७७ वटै जिल्लामा प्रतिनिधिसभा विघटनका विरूद्द आन्दोलन गर्न , २० पुस ेभित्र नगर र गाउककपालिकासम्म बैठक, भेला गर्ने , २५ पुस भित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने निर्णय गरेको छ।

काठमाडौ लगायतका शहरहरूमा भने दैनिक आन्दोलन गर्ने निर्णय गरेको छ। बैठकले नारायणकाजि श्रेष्ठको नेतृत्वमा २५०१ सघर्ष समिति गठन ।

Leave a Reply

ताजा समाचार