काठमाडौं, ९ पुष । नेकपामा विभाजनको रेखा कोरिएसँगै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीको सक्रियता बढेको छ । राजदूत याङ्छीले बिहीबार बिहान नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल सँग भेटवार्ता गर्नुभएको छ ।
याङ्छीले दाहाल निवास खुमलटार पुगेर भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गरेपछि नेकपा बिभाजनको डिलमा पुगेको अवस्थामा राजदुत याङछीले दाहालसंग भेटवार्ता गर्नुभएको हो ।
त्यसक्रममा राजदूत याङ्छीले दाहालसंग विकसित राजनीतिक घट्नाक्रमका बारेमा चासो राख्नु भएको बताइएको छ । यसअघि पनि नेकपामा विवाद बढ्दा याङ्छीले नेताहरुलाई भेटेर पार्टी विभाजन रोक्न आग्रह गर्दै आएकी आउनुभएको थियो ।
राजदूत याङछीले प्रधानमन्त्री ओलीको सिफारिसमा गत आइतबार संसद विघटन गरेपछि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्नु भएको थियो ।