काठमाडौं, ७ पुष । पछिल्लो २४ घन्टामा ९ सय ६६ संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १७ सय ९८ पुगेकाे छ ।