यी मोडललाई थाहा थियो आफ्नै मृत्युको समय, यस्तो गरेकी थिइन् तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एजेन्सी, १७ असोज । भनिन्छ मानिसको मृत्यु कतिबेला आउँछ भन्ने कुरा कसैलाई थाहा हुँदैन । तर, फिलिपिन्सकी मोडल राचीन परगुंटालाई थाहा थियो उनको मृत्यु हुने समय कहिले हो । त्यसैले उनले पहिल्यै यसको तयारी गरेकी थिइन् ।

२० वर्षकी राचीन निकै सुन्दर थिइन् । आफ्नो करिअर र जिन्दगीलाई उनले अनुभव गर्न थाल्दै गर्दा उनलाई थाहा भयो उनी अस्टियोसार्कोमा नामक क्यान्सरबाट ग्रसित छिन् । यसले मानिसको शरीर र हड्डीमा असर गर्छ । उनलाई थाहा भयो अब उनीसँग बाँच्नका लागि धेरै समय छैन । तर उनलाई आफ्नो मृत्युपछि केही इच्छाहरु पूरा गर्नु थियो । उनको अन्तिम इच्छा थियो मर्ने बेलामा आफू निकै सुन्दर देखिनु । उनी आफ्नो अन्तिम संस्कारका बेला सेतो टप र कपालमा फूलको क्राउन लगाउन चाहन्थिन् । आफ्नो यो इच्छा उनले आफ्ना आफन्तहरुलाई बताइन् ।

उनका आफन्तहरुले उनको मृत्युपछि उनको यो इच्छा पूरा गरिदिए । राचीनले यसका अलावा अन्य इच्छाहरु पनि आफन्तलाई पहिल्यै बताएर ती इच्छाहरु पूरा गर्ने तयारी गरिसकेकी थिइन् । उनको अर्को महत्वपूर्ण इच्छा थियो आफ्ना पिताको चिहानको छेउमा आफ्नो चिहान होस् । तर ठाउँको कमीका कारण छेउमा चिहान बनाउन नसकिएपछि उनको चिहान उनका पिताको चिहानको माथि बनाइएको छ । निकै कम उमेरमा संसार छोडेर गएकी राचीनले मृत्युलाई पनि हाँसी हाँसी स्वीकार्नुपर्छ भन्ने सन्देश दिएर गएकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);