यस्तो अचम्म ! १७ महिनादेखि गर्भवती छिन यी महिला | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

काठमाडौँ, १८ असोज । सामन्यत गर्ववती महिलाले नौ महिनामा बच्चा पाउने गर्छन् । कहिलेकाहिं १, २ महिना ढीला प्रसव भएको पनि देखिंछ। तर अचम्मको कुरा, एक चिनियाँ महिला भने १७ महिनादेखि गर्भवती छिन्।

लामो समय गर्भ रहेका कारण ती महिलाले चिकित्सकसँग शल्यक्रिया गरी बच्चा निकालिदिन आग्रह गरेको मीडियाहरूले उल्लेख गरेका छन। हुनान प्रान्तकी वाङ सिले गत वर्षको नोभेम्बरमा नै बच्चा जन्माउनु पर्ने थियो। उनी सन् २०१५ को फ्रेबुवरीमा गर्भवती भएको र नौ महिनापछि आफ्ना पति खाङ झिवीईसँग अस्पताल पुगेको बताइन्।

डेट कटेपछि बच्चा जन्माउने आशामा साताको एक पटक अस्पताल धायौँ, तर समय नपुगेको भन्दै चिकित्सकले फर्काउन थाले,’ वाङले भनिन्। परीक्षण गर्दा मात्रै १० हजार यान खर्च भइसक्यो, अब त हाम्रो धैर्य पनि टुटिसकेको छ,’ उनले भने।

बच्चा जन्माउन आफू पूर्ण रुपमा स्वस्थ र बलियो भएको उनले बताइन्। तर लामो गर्भधारणले आफू र परिवारका सदस्यमा गहिरो चोट पुगेको उनले बताइन्। ‘महिनौसम्म गर्भधारण भएर बस्दा लाज लागेको छ। आशा छ अर्को महिना सुरक्षित र सफलतापूर्वक बच्चाको डेलिभरी हुनेछ,’ उनले भनिन्।

वाङको पेटभित्रको बच्चाको तौल ३८०० ग्राम रहेको बताइन्छ। उनले अर्को महिना जसरी भए पनि सि सेक्सन गरेर बच्चा जन्माउने निधो गरेकी छिन्।