नुवाकोट, १६ असोज । खुकुरी प्रहारबाट तीन युवक गम्भीर घाइते भएका छन् ।
दशँै पर्वको अवसरमा गएराति मादक पदार्थ सेवन गरी रमाइलो गरिरहेका युवाबीच विवाद बढेर झगडा हुँदा ककनी गाउँपालिका– २ ठूलीतित्रीका ३७ वर्षीय भीमबहादुर तामाङ, ३४ वर्षीय राजु तामाङ र ३३ वर्षीय सन्तमान तामाङ घाइते भएका हुन् ।
उपचारका लागि उनीहरूलाई काठमाडौँ ल्याइएको छ । घाइतेको टाउको, अनुहार, आँखा, हातलगायतका स्थानमा गहिरो चोट लागेको छ ।