कोरोना बीमा भुक्तानी नपाएको गुनासो आएको छैन:अर्थ मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

कोरोना बीमा भुक्तानी नपाएको गुनासो आएको छैन:अर्थ मन्त्रालय

काठमाडौं,२१ मंसिर। कोरोना बीमा गराएकाहरुलाई तीन दिन भित्र भुक्तानी दिन अर्थमन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको थियो । यसअघि पनि सात दिन भित्र निर्देशन दिन आग्रह गरेपनि बीमा समितिले अटेर गरेपछि मन्त्रालयले दोस्रोपटक निर्देशन दिएको हो ।मन्त्रालयले दिएको निर्देशनको मिति आज पूरा भएको छ ।

बीमा समितिले भने यसअघि नै बीमा रकम नरोकिएको दावी गरेको थियो । तर जनगुनासो बढेसँगै मन्त्रालयले दोस्रोपटक समेत निर्देशन जारी गरेको थियो ।अर्थ मन्त्रालयले गत कात्तिक १८ मा पनि बीमा समितिलाई कोरोना बीमाको दावी भुक्तानी एक साताभित्र दिन निर्देशन दिएको थियो । तर बीमा कम्पनीले उक्त निर्देशनलाई पूर्ण रुपमा पालना गरेका थिएनन् ।

उक्त निर्देशन पूर्ण रुपमा पालना नभएपछि दिइएको दोस्रो निर्देशन कार्यान्वयन भए नभएकोबारे बुझ्न खोज्दा बीमा समितिका पदाधिकारीहरु सम्पर्कमा आउन चाहिरहेका छैनन् ।

आइतबार ईमाउन्टेनले अर्थ मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीसँग यो बारे प्रश्न समेत गरेको हो । मन्त्रालयको निर्देशन बीमा समितिले पालना नगरे कस्तो कारबाही हुन्छ भन्ने प्रश्नमा उपसचिव सुवेदीले अहिलेसम्म बीमितले बीमा नपाएको गुनासो नगरेको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);