धितो कर्जामा कडाईको सेयर बजारमा, नेप्सेमा नकारात्मक सर्किट ब्रेक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

धितो कर्जामा कडाईको सेयर बजारमा, नेप्सेमा नकारात्मक सर्किट ब्रेक

share bazar oralo

काठमाडौं, २१ मंसिर । नेपाल राष्ट्र बैंकले धितो कर्जामा कडाई गरेसँगै सेयर बजारमा यसको असर देखिएको छ । आइतबार नेप्से परिसूचक लगातार घटेर नकारात्मक सर्किट ब्रेक समेत लाग्यो । यो सँगै कारोबार नै बन्द गरिएको छ । साताको पहिलो दिन नेप्से ६ प्रतिशतले घटेपछि २ बजेर १३ मिनेटमा नकारात्मक सर्किट लागेर बन्द भएको हो ।

बजार बन्द हुनुअघि नेप्से १ सय २३ अंकले घटेर १९ सय ३२ दशमलब ११ बिन्दुमा झरेको हो । निर्जीवन बीमातर्फ सेयर ५ सय ६९ अंकले, उत्पादनतर्फ ३ सय ६२ अंकले, माइक्रो फाइनान्सतर्फ २ सय २४, व्यापारको १ सय ५९, जलविद्युतको ८६, होटलको ८१ र बैंकिङ समूहको शेयर ६४ अंकले घटेको छ ।

एक सय ९७ कम्पनीका एक करोड ५४ लाख कित्ता सेयर सात अर्ब २० करोड ९१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);