नेकपा मुख्यालय धुम्बाराहीको सुरक्षा व्यवस्था कडा | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

नेकपा मुख्यालय धुम्बाराहीको सुरक्षा व्यवस्था कडा

nekapa building

काठमाडौं, २१ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकलाई मध्यनजर गर्दै पार्टी मुख्यालय धुम्बाराहीको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा थ्रेटलाई मध्यनजर गर्दै सुरक्षा कडा पारिएको हो ।

यतिबेला धुम्बाराही क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोलीले गस्ती गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकु परिसरबाट एसएसपीको नेतृत्वको प्रहरी टोली सुरक्षाका लागि खटिएको छ । यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ ।

यसअघि पनि सुरक्षा जोखिमको कारण नेकपा सचिवालय बैठक बालुवाटारमा बोलाइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);