आज २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

आज २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

काठमाडाैं,१८ मंसिर।आज २९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी दिवस मनाइदैं छ। कोरोना पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा यो दिवस मनाउन लागिएको हो ।

सहज जीवनयापन र सहभागिताका लागि नीतिगत रूपमा वकालतलगायत विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय दिवस मनाइने बताइएको छ ।

कोरोना भाइरस संक्रमण महामारीको अवधिमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चिताका लागि जोड दिइएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

साथै राष्ट्रपतिले भण्डारीले संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिको पहिचान गरी सबै सुविधा र अवसरमा समान पहुँच स्थापित गरिनुपर्नेमा जोड दिनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवर्द्धन तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);