नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा राजनीतिक प्रस्ताव पेश,अर्काे बैठक मंसिर १६ गते बस्ने (पूर्ण पाठसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा राजनीतिक प्रस्ताव पेश,अर्काे बैठक मंसिर १६ गते बस्ने (पूर्ण पाठसहित)

काठमाडाैं,१३ मंसिर। आन्तरिक किचलोमा रहेको सत्तारुढ दल नेकपाको सचिवालय बैठक पुनः १६ गते बस्ने गरी सकिएको छ ।

बालुवाटारमा आज बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गर्नु भएपछि दुवै अध्यक्षको प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनु भयो ।

दुवै अध्यक्षका प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुन्छ,’ प्रवक्ता श्रेष्ठले बैठकपछि संचारकर्मीलाई जानकारी गराउनु भयो ।प्रधानमन्त्री ओलीले पेस गर्नु भएको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि प्रवक्ता श्रेष्ठले बताउनु भयो।

Leave a Reply