भारतसँग जोडिएका सीमा–नाका खोल्न जनता समाजवादी पार्टीकाे माग | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

भारतसँग जोडिएका सीमा–नाका खोल्न जनता समाजवादी पार्टीकाे माग


काठमाडाैं,९ मंसिर। कोरोना महामारीसँगै बन्द गरिएको भारतसँग जोडिएका सीमा–नाका तत्कालै खोल्न जनता समाजवादी पार्टीले माग गरेको छ । नेपालको सीमा–नाका पछिल्लो नौ महिनादेखि बन्द रहेको छ ।

सरकारले कोरोना महामारीको जोखिमका कारण गत चैत्र १० गते देखि अन्तर्राष्ट्रिय सीमा–नाका बन्द गरेको थियो । भारतसँग जोडिएका सीमा–नाका बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपालीहरुको आवागमन सहज हुन सकेको छैन । मंगलबार जनता समाजवादी पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै सीमा–नाका तत्काल खोल्न आग्रह गर्नुभएको हो ।

लामो समयदेखि सीमा–नाका बन्द हुँदा तराई–मधेसका जनताको जीवन कष्टकर बनेको सो विज्ञप्तिमा उल्लेख छ । लम्बिएको सीमा–नाका बन्दले मुलुकको अर्थतन्त्रलाई धराशायी बनाएको र स्थानीयको जनजीवन कष्टकर बनेकाले सरकारलाई भारतसँग जोडिएको सीमा–नाकालाई तत्काल खुल्ला गर्न भनिएको छ ।

कोरोना महामारी रोक्नका लागि सरकारले भाइरस गरेको पूर्वतयारी निकै कमजोर रहेको पुष्टि भैसकेकाले पनि अब सीमा बन्द गर्न आवश्यक नभएको जनता समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply