पहिलो पटक कुपन प्रणालीबाट किसानहरुको धान खरिद गर्ने व्यवस्था | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पहिलो पटक कुपन प्रणालीबाट किसानहरुको धान खरिद गर्ने व्यवस्था


बाँके,८ मंसिर। खाद्म व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले बाकेँमा पहिलो पटक कुपन प्रणालीबाट किसानहरुको धान खरिद गर्ने व्यबस्था मिलाएको छ । कम्पनीले नेपालगन्जको कारकादो स्थित कार्यालयबाट कुपन प्रणाली मार्फत धान खरीद गर्ने व्यवस्था मिलाएको हो ।

पहिलो दिन २० जना किसानको धान खरिद गरेको छ । किसानहरुले धान खरिद गर्ने अघिल्लो दिन नै कुपन लिईसक्नु पर्ने व्यवस्था गरेको छ । । जसमध्ये मोटा धान प्रतिक्वीन्टल २ हजार ७ सय ३५ र मध्यम खालको धानको प्रतिक्वीन्टल २ हजार ८ सय ३५ रुपैया समर्थन मुल्य तोकिसकेको छ । सोही मुल्यमा खाद्म सस्थानले किसानसंग धान खरिद गर्ने बताएको छ ।

सरकारले निर्धारण गरेको मुल्य एक महिना पहिला नै कोटा लगाएर किनेको भए किसानले धानबाली भित्रयाएको समयमा बिक्रि गर्न पाउने र अन्य व्यापारीहरुले गाउँघरमा गएर चलखेन गर्न नपाउने किसानहरुले बताएका छन ।

स्थानिय सरकारलाई गुनासो गर्दा समेत सुनुवाई नगरेको किसानहरुको भनाई छ । कोरोनाका कारण सुरक्षा मापदण्ढ मिलाएर यस्तो ब्यबस्था गएिको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

कम्पनीले यस वर्ष बाँकेमा ४० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । जसमध्ये मोटा धान २० हजार र मध्यम खालको धान २० हजार क्वीन्टल रहेको छ । गत वर्ष ४० हजार ४ सय क्वीन्टल खरिद भएको थियो । यस वर्ष बाँकेमा ३६ हजार ५ सय हेक्टर जमिनमा धानखेती गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

गत वर्ष फौजी किरा र अन्य समस्याहरु देखिएकोले धान उत्पादन राम्रो नभए पनि यस वर्ष ति समस्याहरु नदेखिएकोले धान उत्पादनमा बृद्धि भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);