राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग अदालतद्धारा खारेज | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग अदालतद्धारा खारेज

एजेन्सी,७ मंसिर। हुलाकमार्फत् दिइएका मत अवैध घोषणा गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग पेन्सिलभेनियास्थित अदालतले खारेज गरेको छ ।

न्यायाधीश म्याथ्यू ब्रानले अनियमितता भएको भन्दै गरिएको मागदाबी उचित नभएको ठहर गर्दै माग खोरज गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । योसँगै पेन्सिलभेनियामा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई विजयी भएको प्रमाणपत्र दिने कानूनी बाटो खुलेको छ ।

त्यहाँ बाइडेन ट्रम्प भन्दा ८० हजारभन्दा बढी मतले अगाडि हुनुहुन्छ । गत नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपतीय चुनावमा भएको पराजयलाई उल्टाउन खोजिरहेको प्रयासमा ट्रम्पका लागि यो अर्को धक्का हो ।

चुनावमा पराजय मान्न अस्वीकार गर्दै आउनु भएका ट्रम्पले कुनै प्रमाणविनै निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आउनुभएको छ । अर्को महत्त्वपूर्ण राज्य मिसिगनमा रिपब्लिकन अधिकारीहरूले राज्यको निर्वाचन बोर्डलाई परिणाम प्रमाणीकरण गर्न दुई हप्ताको समय माग्दै पत्र लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);