राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग अदालतद्धारा खारेज | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग अदालतद्धारा खारेज

एजेन्सी,७ मंसिर। हुलाकमार्फत् दिइएका मत अवैध घोषणा गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियान समूहले गरेको माग पेन्सिलभेनियास्थित अदालतले खारेज गरेको छ ।

न्यायाधीश म्याथ्यू ब्रानले अनियमितता भएको भन्दै गरिएको मागदाबी उचित नभएको ठहर गर्दै माग खोरज गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । योसँगै पेन्सिलभेनियामा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई विजयी भएको प्रमाणपत्र दिने कानूनी बाटो खुलेको छ ।

त्यहाँ बाइडेन ट्रम्प भन्दा ८० हजारभन्दा बढी मतले अगाडि हुनुहुन्छ । गत नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपतीय चुनावमा भएको पराजयलाई उल्टाउन खोजिरहेको प्रयासमा ट्रम्पका लागि यो अर्को धक्का हो ।

चुनावमा पराजय मान्न अस्वीकार गर्दै आउनु भएका ट्रम्पले कुनै प्रमाणविनै निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आउनुभएको छ । अर्को महत्त्वपूर्ण राज्य मिसिगनमा रिपब्लिकन अधिकारीहरूले राज्यको निर्वाचन बोर्डलाई परिणाम प्रमाणीकरण गर्न दुई हप्ताको समय माग्दै पत्र लेखेका छन् ।

Leave a Reply