राप्ती नगरपालिकामा भएको घटनाप्रति नेकपा चितवनद्वारा खेद व्यक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राप्ती नगरपालिकामा भएको घटनाप्रति नेकपा चितवनद्वारा खेद व्यक्त

चितवन, ७ मंसिर । शनिबार चितवनको राप्ती नगरपालिकामा भएको घटनामा नेपाल कम्युनिष्ट पार्टी नेकपा, चितवनले खेद व्यक्त गरेको छ ।

पार्टीले आज विज्ञप्ति जारी गर्दै स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा होहल्ला भएको घटनाको छानबिन गर्न माग गरेको हो ।

राप्ती नगर कमिटीको तेस्रो बैठकमा पाण्डेले सम्बोधन गरिरहेका बेला बाहिरबाट आएका व्यक्तिले होहल्ला गरी बैठक बिथोल्न खोजेको विज्ञप्तिमा जनाइएको छ ।

पार्टी नगर कमिटीको औपचारिक बैठक बसिरहेको अवस्थामा र राप्ती नगरभित्रको विकास निर्माणसम्बन्धी छलफलमा गरिएको अभद्र व्यवहारप्रति जिल्ला कमिटीले खेद व्यक्त गरेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);