ट्रम्पले संक्रमणकालीन टिमलाई सहयोग नगरे नराम्रो परिणाम निम्तिने :जो बाइडेन | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

ट्रम्पले संक्रमणकालीन टिमलाई सहयोग नगरे नराम्रो परिणाम निम्तिने :जो बाइडेन

एजेन्सी,२ मंसिर । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले संक्रमणकालीन टिमलाई सहयोग नगरे त्यसले नराम्रो परिणाम निम्तिने चेतावनी दिनुभएको छ ।

आफूहरुको टिमसँग ट्रम्प र उहाँँको प्रशासनले राष्ट्रिय सुरक्षा, कोरोना महामारी रोकथाम तथा नियन्त्रण र खोप वितरणका बारेमा ब्रिफिङ नगरेको बाइडेनको भनाइ छ । वर्तमान राष्ट्रपति ट्रम्पले लगातार चुनावमा धाँधली भएको र आफूले चुनाव जितेको झुटो दाबी गरिरहेका बेला बाइडेनको यस्तो प्रतिक्रिया आएको हो ।

डेलावेरको विल्मिंगटनमा पत्रकारहरुसँगको कुराकानीमा बाइडेनले ट्रम्प प्रशासनबाट कोरोना महामारी रोकथाम र नियन्त्रण तथा निकट भविष्यमा हुन सक्ने खोप वितरणको ढाँचाबारे ब्रिफिङ र सहकार्य गर्नुपर्नेमा जोड दिइरहनु भएको छ । ट्रम्प प्रशासनले भने खोप वितरणबारे छुट्टै योजना बनाइरहेको छ ।

बाइडेनले जति छिटो सहकार्य गरेर अघि बढ्न सकियो त्यति छिटो कोरोना महामारीबाट छुटकारा पाउन सकिने सम्भावना रहेको उल्लेख गर्नु भएको छ ।
गत नोभेम्बर ३ मा भएको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ३ सय ६ इलेक्टोरल भोट प्राप्त गर्नुभएको छ ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोटको आवश्यकता हुन्छ । राष्ट्रपति ट्रम्पले भने २३२ इलेक्टोरल भोट प्राप्त गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);