बिहार विधानसभा चुनावमा निर्वाचित भएपछि नीतिश कुमारद्धारा मुख्यमन्त्रीको सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बिहार विधानसभा चुनावमा निर्वाचित भएपछि नीतिश कुमारद्धारा मुख्यमन्त्रीको सपथ ग्रहण

एजेन्सी,२ मंसिर। भारतको बिहार विधानसभा चुनावमा निर्वाचित भएपछि नीतिश कुमारले मुख्यमन्त्रीको सपथ लिनुभएको छ । नीतिश कुमारले सोमबार राजभवनमा राज्यपाल फागू चौहानसमक्ष ७ औँ पटक मुख्यमन्त्री पदको शपथ लिनुभएको हो ।

यस्तै नीतिश कुमारसँगै चार पटक विधायक तारकिशोर प्रसादले समेत मन्त्रीको शपथ लिनुभएको छ । यसैगी अति पिछडा वर्गबाट आएकी रेणु देवीलाई समेत शपथ गराइएको छ । नीतिशको छेउमा दुई कुर्सीमा तारकिशोर प्रासद तथा रेणु देवी बसेको देखिएपछि उनीहरुलाई उप–मुख्यमन्त्रीको शपथ गराइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नीतिशको मन्त्रीपरिषद्मा अन्य १४ जना मन्त्रीहरुले पनि शपथ लिएका छन्। शपथ समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाह तथा भाजपाका अध्यक्ष जेपी नड्डाको समेत सहभागिता थियो । शपथ समारोहमा गृहमन्त्री शाह तथा नड्डा पहिलो पंक्तिमा बस्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);