तिहार शुरु भइसक्दा समेत विरुवा फाटका किसानलाई धान काट्न भ्याई नभ्याई | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

तिहार शुरु भइसक्दा समेत विरुवा फाटका किसानलाई धान काट्न भ्याई नभ्याई

काठमाडौं, २९ कार्तिक । तिहार शुरु भइसक्दा समेत पोखरा महानगरपालिका वडा नं. १७ विरुवा फाटका किसानहरुलाई धान काट्न भ्याई नभ्याई छ । यस वर्ष अधिकमासका कारण दशैं तिहार पछाडि धकेलिएको र धान काटने समयमा तिहार परेकोले पर्वको प्रवाह नगरी किसानहरु धान काट्न व्यस्त देखिएका हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर १७ विरुवा फाटका किसानहरु यतिबेला धान काटन व्यस्त छन् । यसवर्ष धान काटने समयमा तिहार परेको छ । तरपनि किसानहरु चाडपर्वको प्रवाह नगरी वर्षभर खाने अन्न थन्क्याउन लागि परेका छन् ।

छिटोछिटो धान काटेर तिहार मनाउने योजनामा किसानहरु छन् । किसानहरुले यस वर्ष धानमा हाल्ने मल नपाउँदा उत्पादन कम भएको गुनासो गरेका छन् । सरकारले समयमै धान उपलब्ध नगराइदिदा आफुहरु मारमा परेको किसानहरुले बताए ।

अघिल्लो वर्षहरुमा तिहार सकिएपछि मात्रै धान काटने समय आउँथ्यो । तर यसवर्ष चाडपर्व र धान काटने समय एकैपटक परेपछि अधिकांश किसानहरु खेतमा देखिएका छन् । त्यसैले किसानहरु धान काटेर तिहार मनाउने र तिहारपछि धान उठाउने काममा लाग्ने योजनामा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);