सुजन बज्राचार्य, संखुवासभा, १४ असोज । गाँउघरमा यतीबेला दशैं तिहारका लागि लिङ्गे पिङ बनेका छन् । बढ्दो आधुनितासँगै मनोरञ्जनका लागि थुप्रै साधन भएपनि नेपालीहरुको संस्कृती र परम्परासँग जोडिएको लिङ्गे पिङको दशैंमा छुटै महत्व छ ।
दशैंमा लिङ्गे पिङ बनाउने परम्परा नेपालीहरुको मौलीक परम्परा हो । गाँउमा भेलाभएका युवाहरु लिङ्गे पिङ बनाउन तल्लीन रहन्छन् । बर्षभरी शहर बजारको रमझममा हराएपनि दशैंमा गाँउघर जाने, परिवार र पुराना साथीभाई भेटघाट र लिङ्गे पिङ खेल्ने चाहना सवैको हुन्छ । खासगरी मनोरञ्जनका लागि बनाईने लिङ्गे पिङ दशैंको प्रतिकका रुपमा बिकसित भईरहेको छ ।
बर्षमा एकदिन भुई छाड्नुपर्छ भन्ने मान्यतानुसार पनि लिङ्गे पिङ बनाउने र वालवालीकादेखी बृद्धबृद्धासम्म रमाउने गरेको खाँदबारीका नवीन कार्कीले बताउनु भयो ।
बैदेशिक रोजगारीका लागि युवा पलायन हने क्रम र बढ्दो आधुनिक्तासंगै दशैं मनाउने परम्परागत शैली हराउदै गएका कारण गाँउघरमा लिङ्गे पिङ बनाउने क्रम भने घट्दै गएको देखिन्छ ।