आईपीएल टी–ट्वान्टीः मुम्बई इण्डियन्सले पाचौं पटक उचाल्यो उपाधि | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

आईपीएल टी–ट्वान्टीः मुम्बई इण्डियन्सले पाचौं पटक उचाल्यो उपाधि

एजेन्सी, २६ कार्तिक । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको उपाधि मुम्बई इण्डियन्सले उचालेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो ।

दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इशान किसनले अविजित रहदै ३३, क्विन्टन डी ककले २०, सूर्यकुमार यादबले १९ रन बनाउदा केइरन पोलार्ड ९ रनमा आउट भए ।

दल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस, कागिसो राबडाले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस आयर र ऋषब पन्तले अर्धशतकीय इनिङ्स खेले । श्रेयसले अविजित रहदै ६५ रनको योगदान दिए । पन्तले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । खराब सुरुवात गर्दै २२ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीका लागि पन्त र आयरले चौंथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए ।

यस्तै दिल्लीका शिखर धवन १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस सुन्य रनमा आउट भए । अक्षर पटेलले ९, शिम्रन हिटमायरले ५ र अजिन्का रहाणेले २ रन जोडे । मुम्बईका ट्रेन्ट बोल्टले ३ विकेट लिए । नाथन कल्टरजयन्त यादबले १÷१ विकेट लिए । यससँगै मुम्बईले पाँचौ पटक आईपीएलको उपाधि जितेको छ । मुम्बई पाँच पटक आईपीएल जित्ने पहिलो टिम हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);