महानवमीका दिन उपत्यकाका तीनवटै तलेजु मन्दिर खुल्ला | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

काठमाडौं, १३ असोज। महानवमीका दिन उपत्यकाका तीनवटै तलेजु मन्दिर खुल्ला गरिएको छ ।

वर्षमा एक दिन मात्र खुल्ने तलेजुका मन्दिर भक्तजनको दशर्नका लागि खुला गरिएको हो । हरेक वर्ष महानवमीका दिन मात्र काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका तलेजु भवानीको मन्दिर खुला गरिन्छ । महानवमीका दिन मन्दिरमा तलेजु भवानी आउने जनविश्वास रहेकाले बिहानैदेखि तलेजु मन्दिरहरु खुल्ला गरिएको हो ।

सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी र राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती छ । त्यसैले, हरेक वर्ष महानवमीका दिन तलेजु भवानी मन्दिरमा आउने विश्वासका साथ आज तलेजुमा दर्शनार्थीको घुँइचो लागेको छ ।

अर्को किंवदन्तीका अनुसार तलेजु भवानी बालिकाको शरीर भित्र कुमारीको रुपमा प्रवेश गरेकाले कुमारी लक्षण भएकी बालिकालाई कुमारीको रुपमा पूज्न थालिएको धार्मिक विश्वास छ । त्यसैले तलेजु मन्दिरसँगै कुमारीको दर्शन गर्ने र विजयादशमीको दिन कुमारीको हातबाट टीका थाप्ने चलन छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);