बडादसैँको आज नवौँ दिन, दुर्गा भवानीको पूजाआराधना गरिदै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

काठमाडौं, १३ असोज । बडादसैँको नवौँ दिन आज देशभर शक्तिस्वरूपा दुर्गा भवानीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदै छ ।

आज शक्ति स्वरुपा भवानी माता सिद्धिदात्रीको पूजाआजा गरिंदै छ । सिद्धिदातृ मातालाई विजय र दानकी प्रतीक मानिएको छ । घटस्थापनाका दिन आ–आफ्नो घरमा विधिर्पूवक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने प्रचलन छ । महानवमीका अवसरमा आज दसैँघर र कोत लगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेंडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र र्दुगा सप्तशती पाठ गरिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला लगायतको बलि दिने र नरिवल तथा पायस चढाउने गर्छन् । पुराण अनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

आज कोतहरूमा हर्षढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ । हनुमानढोकाको दसैँ घर लगायत कतिपय समुदायले हिजो महाअष्टमीको मध्यरातमा शक्तिस्वरूपा र्दुगा भवानीको पूजाअर्चनाका साथ आ–आफ्नो परम्पराअनुसार राँगा र बोकाको बलि दिई कालरात्री मनाएका छन् । आजै औजार, हतियार र सवारी साधनलाई पनि बलि दिएर पूजा गर्ने चलन छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);