काठमाडौं, २० कार्तिक । नेपाल सरकारले संघीय गणतन्त्र नेपाल भन्ने नेपालको नामबाट संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने शव्द हटाइ नेपाल मात्र राखेको छ । देशले अपनाएको शासकीय व्यवस्थाको आधारमा नेपालको नाम संघीय लोकतान्त्रिक गणतन्त्र राखिनु सही थिएन ।
देशको नाम नेपाल थियो, छ र सधैं रहनुपर्छ । राजनीतिक व्यवस्था परिवर्तनपछि अपनाइएको व्यवस्था अनुसार देशको नाम पनि परिवर्तन गर्नु वास्तवमै गलत अभ्यास थियो, जसलाई सच्याइएको छ । यस अर्थमा सरकारको यो कदमलाई सराहनीय मान्न सकिन्छ ।
नेपालको नाम नेपाल नै हुनपर्छ भनी निर्णय भएकोमा यदि कतैबाट विरोध हुन्छ हुन्छ भने त्यसको कुनै अर्थ र औचित्य रहँदैन ।




