राष्ट्रिय स्तरको (योङ् अन्तरप्रनर कन्ल्केभ २०२०)कार्यक्रम सञ्चालन हुने | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

राष्ट्रिय स्तरको (योङ् अन्तरप्रनर कन्ल्केभ २०२०)कार्यक्रम सञ्चालन हुने

काठमाडौं, १९ कार्तिक । युवा तथा विद्यार्थीहरुको लागि उद्यमशीलता प्रवर्धन तथा सीप विकाशमा प्रेरित गर्ने उद्देश्यले राष्ट्रिय स्तरको (योङ् अन्तरप्रनर कन्ल्केभ २०२०) कार्यक्रम सञ्चालन हुने भएको छ ।

समृद्धि स्कूल/कलेज र विशाल फाउन्डेसनको संयुक्त आयोजनामा सुरु हुन गइरहेको राष्ट्रिय स्तरको (योङ् अन्तरप्रनर कन्ल्केभ २०२०) कार्यक्रम यहि कार्तिक २० गतेबाट संचालन हुने भएको हो । दिउँसो १ः३० बजे देखि ४ः३० सम्म सञ्चालन हुने उक्त कार्यक्रम वेबिनार मार्फत निशुल्क सञ्चालन गरिँदैछ ।


विशेषतः यो कार्यक्रम उच्च माध्यामिक तह तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि प्रभावकारी र केन्द्रित रहनेछ ।

प्रमुख अतिथि पूर्व अर्थमन्त्री माननीय सुरेन्द्र पाण्डे तथा विशेष अतिथि बाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री माननीय अरुण नेपाल ज्यूको समुपस्थितिमा समुद्घाटन गर्न लागिएको उक्त कायक्रममा अन्तर्राष्ट्रिय प्रेरक वक्ता को रुपमा सुपरिचित मानुषी अग्रवाल, दराज नेपालका पूर्न कार्यकारी निर्देशक राजिव अमात्य, स्किल ल्याबका संस्थापक नन्दकिशोर मण्डल, गुपका कार्यकारी निर्देशक हेमराज ढकाल, देउराली जनता फर्मास्यूटिकल्स संस्थापक तथा कार्यकारी निर्देशक हरि भक्त शर्मा, तथा आर्ट पसःका सह संस्थापक उज्व्वल श्रेष्ठको पनि आतिथ्यता रहने छ ।

यसका अतिरिक्त नेपालका अन्य चर्चित उद्यमीहरुको पनि सहभागीता रहने छ उक्त कार्यक्रमका सुरुका चार दिन अतिथिहरुले उद्यम सम्वन्धी आफ्ना अनुभव तथा कथाव्यथा प्रस्तुत गर्नेछन् भने पाचौँ दिनमा सहभागीहरुको कार्यशाला तथा अन्तर्मूल्याङ्कन प्रस्तुत गरिनेछ ।  

Leave a Reply

ताजा समाचार