दाङ, १४ कार्तिक । दाङको तुलसीपर उपमहानगरपालिका-११ नवलपुर निवासी ४५ बर्षीय कुमार बिकमाथी आक्रमण गर्ने २ जना युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका २ जना युवक, उनीहरुले आक्रमण गर्दा प्रयोग गरेको हतियार समेत सार्वजनिक गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका १६ उत्तर कुररीयाका २२ बर्षीय पवन चौधरी र तुलसीपुर उपमहानगरपालिका १० का २४ बर्षीय अमृत चौधरी नै मुख्य अभियुक्त भएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले बताउनुभयो ।
कार्तिक १० गते तुलसीपुर उपमहानगरपालिका १० गोलौरी स्थीत पुकार पसलबाट पड्डा तर्फ जाने सडक बाटोमा पवन र अमृतले प्रहार गरेको खुर्पाबाट गम्भीर घाईते भएका बिकको अहिले भारतको लखनउमा उपचार भइरहेको छ ।
प्रहरीले उक्त घटनामा संलग्न तुलसीपुर १० का ४२ बर्षीय सुशील चौधरी, २२ बर्षीय बिजय चौधरी, २३ बर्षीय अशोक चौधरी, १८ बर्षीय तिलक चौधरी, २१ बर्षीय सुनिल चौधरी,२८ बर्षीय पवन चौधरी र १९ बर्षीय आशिष चौधरीलाई समेत पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरि अनुसन्धान थालेको जानकारी गराएको छ ।