काठमाडौं, ११ कार्तिक । भारतले भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपालभ्रमणको मिति तय गरेको छ । नेपालसंग छफफल नगरिकनै भारतले सेना प्रमुख नारभानेको नेपाल भ्रमणको आभामी कात्तिक १९ अर्थात नोभेम्बर ४ कालागि तय गरेको बताइको छ ।
नारभाने तीन दिने नेपाल भ्रमणका लागि आउन लाग्नु भएको हो । दुई देशका अधिकारीबीच भ्रमणको मितिलाई औपचारिक टुंगो लगाउने विषयमा छलफल हुन्छ । भारतीय पक्षले नै तय गरेको मितिलाई नै औपचारिकता दिने बढी सम्भावना रहेको छ ।
नेपाल र भारतबीच सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट यो स्तरको भ्रमण हुन लागेको हो । भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक तरिकाले कुराकानी हुने अपेक्षा गरिएको छ ।
नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलन छ । त्यसैका लागि नरभाने नेपाल आउन लाग्नुभएको बताइएको छ ।