स्पेनमा राष्ट्रिय आपतकाल घोषणा, रातिको समयमा कर्फ्यू | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

स्पेनमा राष्ट्रिय आपतकाल घोषणा, रातिको समयमा कर्फ्यू

एजेन्सी, १० कार्तिक। स्पेनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरी रातिको समयमा कर्फ्यू लागु गरेको छ ।

महामारीको दोस्रो लहर सुरु भएपछि स्पेनले संक्रमण नियन्त्रणको प्रयास स्वरुप आपतकाल घोषणा गरी रातिको समयमा कर्फ्यू लागु गरेको हो ।

प्रधानमन्त्री पेद्रो सान्चेजले राति ९ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागु गर्ने घोषणा गरेको बताउनुभएको छ । यो नियम आइतबारदेखि लागु भएको छ ।

घोषित आपतकाल अनुसार स्थानीय अधिकारीहरुले आन्तरिक भ्रमणमा प्रतिबन्ध लगाउन पाउने छन् । नयाँ नियम सुरुमा १५ दिनका लागि लागु गरिएको भए पनि ६ महिनासम्म लागु गराउनका लागि संसदसँग आग्रह गर्ने प्रधानमन्त्रीले बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।

महामारीको पहिलो चरणमा स्पेन नराम्रोसँग प्रभावित भएको थियो । अहिले फेरि स्पेनसहितका युरोपेली क्षेत्रमा महामारीको दोस्रो लहर सुरु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);